मानिसका मूलभूत आवश्यकताको पूर्ति भएपछि पहिले कुन कुरामा खर्च गर्नु सही हो ?
- (1) यान-वाहनमा
- (2) साधु-सन्तको सेवा गर्नमा
- (3) ज्ञान प्राप्त गर्नमा
- (4) गर-गहनामा
निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (91 - 99) का उत्तर दिनु होस् -
धन प्राप्त भयो भन्दैमा जतासुकै बेपर्वाहसित धन खर्च गर्नु पनि मूर्खता हो। बुद्धिपूर्वक धन खर्च गर्नु धनको सदुपयोग गर्नु हो। धन भएमा स्वास्थ्यलाई सुहाउँदो भोजन, शरीरलाई सुहाउँदो पहिरन अनि मस्तिष्कलाई सुहाउँदो ज्ञान प्राप्त गर्नमा धनको व्यय गर्नु धनको सदुपयोग गर्नु हो। हल्का, स्वस्थ मनोरञ्जनमा धन खर्च गर्नु पनि बेला मौकामा उत्तम हो। मनुष्यको जीवन परिश्रम हो। यो श्रममय जीवनमा बेला मौका मनोरञ्जनको स्थान रहेन भने जीवन उत्साहहीन, दिक्दार जीवन हुने छ। यसैले समय र औकात अनुसार मानिसले मनोरञ्जनमा धन खर्च गर्नु पनि धनको सदुपयोग गर्नु हो। धन प्राप्त गरेर निम्न श्रेणीको काम-काज र नराम्रा लत, अनावश्यक सञ्चय एवम् अश्लील मनोरञ्जन र विलासमा खर्च गरेर मनमौज गर्न खोज्नु धनको दुरुपयोग गर्नु हो। सस्तो मनमौजमा र विलासमा धन व्यय गर्ने लत बसेपछि मानिसहरू अत्याचार, लुटमार, चोरी-डकैती गरी धन उपार्जन गर्न अग्रसर हुन्छन्। यस्ता अवस्थामा धन मनुष्य जीवनमा वरदान नभई अभिशाप बन्न जान्छ। धन प्राप्त गरेपछि धनवानहरूले सोच्नु पर्छ, ईश्वरले धन दिएर उनीहरूलाई समाज, जाति र देशको सेवार्थ सुअवसर प्रदान गरेका हुन्। अतएव धनवानहरूले उदार हृदयले जनकल्याणका निम्ति धन खर्च गरेर धनको सदुपयोग गर्नु आवश्यक छ। धनको सदुपयोग गर्नाले हृदय स्वच्छ र शान्त बन्दछ। धनको सदुपयोगद्वारा आत्म-उन्नति र आत्मशान्ति हुन्छ अनि आत्म-गौरव बढ्दछ। यसैका आधारमा समाज, जाति र देश सुखी, उन्नतिशील र समृद्ध बन्दछ।
मानिसका मूलभूत आवश्यकताको पूर्ति भएपछि पहिले कुन कुरामा खर्च गर्नु सही हो ?
धनको सदुपयोगको परिणाम के हो ?
अशिष्ट मनोरञ्जन र विलासमा धन खर्च गर्ने लत बसेपछि मानिसमा कुन चरित्रको विकास हुन सक्छ ?
कुनै मध्यम वर्गीय मानिसले गरेको स्वस्थ मनोरञ्जनको दृष्टान्त तलका मध्ये कुन हुन सक्छ ?
‘अतएव’ शब्दको पर्यायवाची चिन्नु होस् -
‘सदुपयोग’ र ‘दुरुपयोग’ दुवै शब्दको निर्माण कुन प्रक्रियाद्वारा भएको छ ?
तलका मध्ये कुन कार्य धनको सदुपयोग गरिएको दृष्टान्त हो ?
धनवान भए त्यसलाई कुन रूपमा लिनु पर्छ ?
‘सञ्चय’ शब्दको विपरीतार्थक कुन हो ?
निम्नलिखित कविता पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (100 - 105) का उत्तर दिनु होस् -
घाम जस्ता बाबुहरू जुन जस्ता नानी
अँधेरीमा बत्ती बन पँधेरीमा पानी।
आज राम्रो पढ बाबा भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने देशै राम्रो हुन्छ।
संसार अझै ठुलो हुन्छ तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ तिमी चढेपछि।
स्वर्गभन्दा ठुलो हुन्छ आफ्नो मातृभूमि
बुझिराख सम्झिराख आजैदेखि तिमी।
तिमी चढ्दा हिमाल अग्लो कसरी हुन्छ ?
‘अँधेरीमा बत्ती बन पँधेरीमा पानी’ भन्नाले के बुझिन्छ ?
‘जुन जस्ता नानी’ कसलाई भनिएको हो ?
कवितामा निहित भाव र प्रस्तुतिले यो कस्तो कविता हो भनी बुझिन्छ ?
भोलि राम्रो बनाउनका लागि के गर्नु पर्छ ?
‘स्वर्ग’ शब्दको विपरीतार्थक कुन हो ?
अभिकथन (A) : श्रेणीकोठामा भएका सिकाइका अनुभवहरू नानीहरूका जीवन अनि उनीहरूका सन्दर्भहरूसित गहिरो प्रकारले सम्बद्ध हुन्छन्।
युक्ति (R) : नानीहरूका पहिलेका बुझाइमाथि नै सिकाइका अनुभवहरूको ढाँचा निर्माण गरिएको हुन्छ।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :
भाषा सिकाइमा तलको कुनचाहिँ सही होइन ?
कुनै पसलमा केही किन्नका निम्ति विद्यार्थीहरूले प्रयोजनपरक भाष्यको प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको मूल्याङ्कन गर्दा विद्यार्थीहरूका निम्ति तलको कुन उपयुक्त हुन्छ ?
वैज्ञानिक अवधारणाबारे पाठ बुझेर पढ्ने जस्ता कुरामा शिक्षकले भाषा सिकाइका केही पक्ष फेला पारिन्। त्यस्तो विशेष पक्ष बुझ्न जुन विद्यार्थीलाई गाह्रो पर्छ ती विद्यार्थी तिनले छानिन्। त्यस्तो पाठ पढ्न र बुझ्न उनीहरूलाई सघाउ होस् भनेर तिनले तिनीहरूका निम्ति भिन्नै सत्र सञ्चालन गरिन्। यस अभ्यासलाई के भनेर चिनिन्छ ?
तलका मध्ये कुन चाहिँ पठनको उप-कौशल होइन ?
अभिकथन (A) : विद्यार्थी-पोर्टफोलियो विद्यार्थीका कार्यका खण्ड खण्डको उद्देश्यमूलक सङ्ग्रह हो।
युक्ति (R) : पोर्टफोलियोले विद्यार्थीहरूलाई उनीहरूको सामर्थ्य तथा दुर्बलताको मूल्याङ्कन गर्न प्रोत्साहित गर्न सक्छ।
तल दिइएका विकल्पहरूबाट सही उत्तर छान्नु होस् :
विद्यार्थीहरूमा शब्द भण्डारको विकास गर्न शिक्षकले भाषाका त्यस्ता सामग्री प्रयोग गर्दै छन्, जुन सामग्रीले विद्यार्थीहरूका निम्ति अझ सहजीकरण गर्दछ अनि प्रामाणिक सामग्रीमा त्यो आधारित छ। त्यो सामग्री हो -
विद्यार्थीहरूका सिकाइको शैली र प्राथमिकता अझ धेर बुझ्ने क्रममा शिक्षक उनीहरूलाई प्रश्नावली दिन्छन्। यहाँ शिक्षकले कुन भूमिका निर्वाह गरिरहेका छन् ?
कक्षा I की शिक्षिकाले आफ्ना शिक्षार्थीहरूलाई भित्तामा कोरकार पार्न, नक्सा बनाउन अनि उनीहरूलाई जे मन पर्छ लेख्न लगाइन्। यहाँ तिनले के गर्न प्रोत्साहित गरिन् ?
चित्र सम्बन्धी तलको कुन चाहिँ गलत हो ?
पुस्तकमा चित्रहरू तथा आरेखले-
साना वा शिशु शिक्षार्थीहरूसित सम्बन्धित तलका मध्ये कुन कथन सही हो ?
एकजना शिक्षकका रूपमा विद्यार्थीहरूको अन्तर्क्रिया सुसाध्य बनाउन तपाईँ कुन उपाय ग्रहण गर्नु हुन्छ ?
(a) धेरै प्रश्न सोध्न लगाई विद्यार्थीहरूलाई प्रोत्साहित गरेर
(b) जोडीमा अनि समूहमा कार्य सञ्चालन गर्ने अनि विद्यार्थीहरूबाट उनीहरूको विचार माग्ने
(c) विद्यार्थीहरूलाई जोडले कराएर पढ्न लगाई प्रत्येकलाई प्रतिक्रिया दिन लाउने जसले गर्दा एक-एकजनाले सिक्न सकून्
(d) अन्तर्क्रिया गर्न एकअर्काद्वारा संवाद पढ्ने अनि एकअर्कालाई प्रश्न सोध्ने
सही विकल्प चिन्नुहोस :
भाषा विकासको संज्ञानात्मक सिद्धान्तले के मान्दछ भने भाषा -
अभिकथन (A) : भाषाले सांस्कृतिक सचेतता तथा अभिव्यक्तिमा विवेचनात्मक दृष्टिकोणको रचना गर्छ, जुन कुरा विद्यार्थीमा विकास गर्नु पर्ने प्रमुख दक्षता हो भन्ने मानिन्छ।
युक्ति (R) : सांस्कृतिक सचेतता तथा अभिव्यक्तिको दक्षताले नानीहरूमा परिचय र स्वबोधको चेतना प्रदान गर्नाका साथै अरूका संस्कृति र परिचयको सम्मान गर्ने चेतना पनि प्रदान गर्दछ।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :
पाठय पुस्तकहरूमा लेखकहरूका कथा, कविता, नाटक तथा अन्य विधाका लेखहरू समाविष्ट हुन्छन्। हामीले त्यस्ता सामग्रीहरूको चयन गर्नु आवश्यक छ, किनभने ती
निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (121 - 128) का उत्तर दिनु होस्–
भारतेली कथा बेग्लै छ। एउटा बडो हठी जोगी धर्मा थियो। उसले डङ्का पिट्यो – म टयाक्कै नसुती सात वर्षसम्म बुद्धको तपस्या गर्ने छु। त्यसताकका मान्छेमा अमानवीय शक्ति त हुन्थ्यो नै, झन् धर्मा त ठहरियो अजिर जोगी। नभन्दै पाँच वर्षसम्म त धर्मालाई झ्वापझ्वाप्ती निद्राले छोप्न थालेछ। कतै निदाई पो हाल्छु कि भनी ऊ अतालिएछ र छेउछाउका पोथ्राहरू लाछलुछ पारी बुकाउन थालेछ। पोथ्राको पात धर्माले जति जति बुकाउँथ्यो उति उति उसको निद्रा पर पर भाग्दै गएछ र उसलाई पोष पनि लागेछ। यही पात बुकाएर धर्माले आफ्नो प्रण पुरा गऱ्यो। यही पात चियाको बुटाको थियो। जापानीहरूको कथा अझ यो भन्दा बेग्लै छ। यसरी धर्माले तपस्या गर्दा उसलाई निदाउने डर भयो। निदाई पो हाल्छु कि भनी उसले दुवै आँखाका गेडाहरू निकाली अफालेछ। प्रतापी धर्माका आँखा सित्तै खेर किन जान्थ्यो। आँखाका गेडा भुइँमा खस्नासाथ त्यहाँबाट दुईवटा पोथ्रा उम्रेर निस्के। यस कथाबाट के जानिन्छ भने, चिया खानेहरू पहिला एसियाली नै थिए। पूर्वी युरोपमा चिया खाने प्रथम व्यक्ति थियो ग्यामबातिस्ता रामोसिस। रामोसिसले चिया इ सं १५५९ मा पियो। बेलायतमा पहिलोपल्ट चिया पिउने व्यक्ति थियो स्यामुअल पेपिस। पेपिसले इ सं १६६० मा चिया पियो। अहिले चिया चलाउने देशमा मुख्य बेलायत नै छ।
धर्मालाई कति वर्षसम्म निद्रा अनुभूत भएन ?
भारतेली कथा र जापानेली कथामा के समानता छ ?
युरोपका मानिसले कहिलेदेखि चिया पिउन थालेका हुन् ?
धर्माले पोथ्राका पात लुछेर किन खायो ?
‘डङ्का पिट्नु’ कुन किसिमको भाषिक उक्ति हो ?
‘अजिर’ भन्नाले के बुझिन्छ ?
धर्माले पोथ्राका पात खाएपछि के भयो ?
‘झ्वापझ्वाप्ती’ कुन वर्गको शब्द हो ?
निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (129 - 135) का उत्तर दिनु होस्–
आत्मविश्वास भनेको अहङ्कार होइन। आफ्नो बुतालाई बढाएर चढाएर सोच्नु होइन, दुर्बलता सबैमा हुन्छ तर त्यही दुर्बलता गनेर बस्नु सर्वथा उचित होइन। तर म एकदमै महान् छु भनेर गजक्क फुलेर बस्ने मान्छे घमन्डी भ्यागुता जस्तो पड्किन्छ। आफ्नो शक्तिमा विश्वास राख्नु नै आत्मविश्वास हो। हातमा लिएको काममाथि जसले पुरा अधिकार राख्दछ र त्यो काम पुरा गर्छ भन्ने उसलाई जब विश्वास हुन्छ, ऊ सफलताको बाटोमा हिँडेको हुन्छ। सेचलिङ्ले खुबै राम्रो भनेका छन्, जसले यो कुरा जानेको हुन्छ कि ‘म के हुँ’ उसले शीघ्र नै जान्दछ ‘म के हुनु पर्छ’ भन्ने। मानिसका विचारमा आत्मसम्मान होस् र व्यवहारमा त्यो स्वयम् आउँदछ। दृढतासित वस्तुहरूमा आफ्नो अधिकार जनाउने व्यक्ति नै वास्तवमा त्यसको अधिकारी बन्दछ। कोसुथले लेखेका छन्, ‘नम्रता बुद्धिमत्ताको एउटा अङ्ग हो र मानिसको शोभा हो। तर साथै आफ्नो आत्मविश्वास घटाउनु हुँदैन, त्यो मानिसको सर्वश्रेष्ठ गुण हो।’ कुनै काम गर्न अघि नै हामीलाई सन्देह भयो भने हाम्रो उत्साह भत्किन्छ। आत्मविश्वास नै सब प्रकारका उत्साहको मूल हो। जसले आफ्नो बुता र शक्तिमा विश्वास गर्दैन त्यस्तो लम्फुले संसारमा कहिल्यै सफलता पाउँदैन।
‘नम्रता’ र ‘दृढता’ कस्ता शब्द हुन् ?
नम्रता बुद्धिमताको अङ्ग हुनाका साथै अरू के पनि हो ?
आत्मविश्वास भन्नाले के बुझ्न सकिन्छ ?
हाम्रो उत्साह कुन कारणले भत्किन्छ ?
कस्तो मानिस भ्यागुता जस्तो पड्किन सक्छ ?
सेचलिङ्का विचारमा कुन मानिसलाई ‘ऊ के हुनु पर्छ’ भन्ने थाहा हुन्छ ?
अनुच्छेदमा आत्मविश्वासलाई मानिसमा भएको कस्तो चरित्र मानिएको छ ?
शिक्षकले कुनै एउटा पाठको विषयसित मिल्दो भिडियो पाए अनि यस भिडियोकै सेरोफेरोमा युग्म/जोडी-जोडी कार्यको योजना बनाए। यस युग्म-कार्य क्रियाकलापको उद्देश्य विद्यार्थीहरूको कुन कुरालाई प्रोत्साहित गर्नु हो ?
कथा-सङ्ग्रह तथा इतिवृत्तादि भाषा सिकाइमा थप पाठका रूपमा सिफारिस गरिएका हुन्छन्। थप वा अतिरिक्त पाठको मुख्य उद्देश्य के हो ?
अभिकथन (A) : शिक्षण-सिकाइको प्रक्रियामा उपचारात्मक शिक्षण समग्र अंश हो।
युक्ति (R) : उपचारात्मक शिक्षण पुन: सिकाउने काम हो, भाषाका पाठहरू जुन ठिकसित पढिएको छैन, तिनलाई उस्तै प्रकारले सिकाउनु पर्छ भन्ने छैन।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :
विद्यार्थीले पढिसकेको कथा उसको आफ्नै शब्दमा उसले पुन: सुनाउनाले कुन कुराको मूल्याङ्कनमा सघाउ पुग्छ ?
भाषा शिक्षणमा तलका मध्ये कुन चाहिँ पूर्वानुमान गलत हो ?
तलका मध्ये कुन चाहिँ भाषा शिक्षकको प्राथमिक दायित्व हो ?
नानीहरू उनीहरूका आधारभूत वा प्राथमिक उमेरमा कुन कुरामा सहज हुन्छन् अनि अति नै राम्ररी सिक्छन् ?
नानीहरूलाई कथा सुनाउने प्रसङ्गमा तलका मध्ये कुन चाहिँ गलत हो ?
कथा सुन्नाले नानीहरूलाई सघाउ हुन्छ –
भाषागत कार्यका क्रममा कुनै शिक्षक विद्यार्थीहरूको मिश्रित योग्यताको समूह बनाउँछन्। यो मिश्रित योग्यता समूह बनाइएको हो –
नानीहरू उद्घाटित तथा एकाग्र हुनु पर्छ –
अभिकथन (A) : प्रारम्भिक साक्षरतामा चित्राङ्कनलाई लेखनको आरम्भ मानिन्छ।
युक्ति (R) : चित्रहरू सङ्केत हुन् तिनले अर्थ वहन गर्दछन्।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :
‘लघुतम युग्म’ अभ्यास यसको प्रवर्द्धन गर्न प्रभावकारी नीति हो –
भाषा अधिग्रहणको व्यवहारवादी सिद्धान्तसित तलको कुन चाहिँ सम्बन्धित छैन ?
कुनै शिक्षक कक्षा V का विद्यार्थीलाई एउटा कथा लेख्ने कार्य दिन्छन्। विद्यार्थीले लेखिरहेको बेला शिक्षक कक्षाभरि घुम्छन् र कुन विद्यार्थीले त्रुटि गर्छ तिनलाई सहायता गर्छन् अथवा नयाँ शब्दहरू भन्न लाउँछन्। यहाँ शिक्षकले कुन भूमिका निर्वाह गरिरहेका छन् ?
अभिकथन (A) : पढ्नु भनेको केवल शब्दको सही उच्चारण गर्नु भन्दा धेरै हो।
युक्ति (R) : पढ्नु भनेको विकोडीकरण हो।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :