Q101
‘अँधेरीमा बत्ती बन पँधेरीमा पानी’ भन्नाले के बुझिन्छ ?
- (1) आगो र पानी आधारभूत आवश्यकता हुन्।
- (2) साह्रो गाह्रोमा आफै आफ्नो सहायक बन।
- (3) उपयोगी र परोपकारी बन।
- (4) बत्ती झैँ तापयुक्त र पानी झैँ तरल बन।
निम्नलिखित कविता पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (100 - 105) का उत्तर दिनु होस् -
घाम जस्ता बाबुहरू जुन जस्ता नानी
अँधेरीमा बत्ती बन पँधेरीमा पानी।
आज राम्रो पढ बाबा भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने देशै राम्रो हुन्छ।
संसार अझै ठुलो हुन्छ तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ तिमी चढेपछि।
स्वर्गभन्दा ठुलो हुन्छ आफ्नो मातृभूमि
बुझिराख सम्झिराख आजैदेखि तिमी।
‘अँधेरीमा बत्ती बन पँधेरीमा पानी’ भन्नाले के बुझिन्छ ?
CBSE answer: (3)
उत्तर: (3) उपयोगी र परोपकारी बन।
सावधान: (1) शाब्दिक रूपमा बत्ती र पानीको कुरा मात्र हो; (4) मा तातो र तरल हुनुको कुनै भाव छैन।