Q100
तिमी चढ्दा हिमाल अग्लो कसरी हुन्छ ?
- (1) हिमालमा एउटा मान्छेको अग्लाइ थपिन्छ।
- (2) तिम्रो देशको सुनाम हुन्छ।
- (3) तिमी सबैतिर चिनिन्छौ।
- (4) संसारमा सबैतिर हिमाल चिनिन्छ।
निम्नलिखित कविता पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (100 - 105) का उत्तर दिनु होस् -
घाम जस्ता बाबुहरू जुन जस्ता नानी
अँधेरीमा बत्ती बन पँधेरीमा पानी।
आज राम्रो पढ बाबा भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने देशै राम्रो हुन्छ।
संसार अझै ठुलो हुन्छ तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ तिमी चढेपछि।
स्वर्गभन्दा ठुलो हुन्छ आफ्नो मातृभूमि
बुझिराख सम्झिराख आजैदेखि तिमी।
तिमी चढ्दा हिमाल अग्लो कसरी हुन्छ ?
CBSE answer: (1)
उत्तर: (1) हिमालमा एउटा मान्छेको अग्लाइ थपिन्छ।
सावधान: (2) ‘देशको सुनाम हुन्छ’ कविताको लाक्षणिक भावसँग मिल्छ, तर यसले हिमाल अग्लो हुने तरिका सिधै बताउँदैन।