By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 99

Topic: Vocabulary

Passage

निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (91 - 99) का उत्तर दिनु होस् -

धन प्राप्त भयो भन्दैमा जतासुकै बेपर्वाहसित धन खर्च गर्नु पनि मूर्खता हो। बुद्धिपूर्वक धन खर्च गर्नु धनको सदुपयोग गर्नु हो। धन भएमा स्वास्थ्यलाई सुहाउँदो भोजन, शरीरलाई सुहाउँदो पहिरन अनि मस्तिष्कलाई सुहाउँदो ज्ञान प्राप्त गर्नमा धनको व्यय गर्नु धनको सदुपयोग गर्नु हो। हल्का, स्वस्थ मनोरञ्जनमा धन खर्च गर्नु पनि बेला मौकामा उत्तम हो। मनुष्यको जीवन परिश्रम हो। यो श्रममय जीवनमा बेला मौका मनोरञ्जनको स्थान रहेन भने जीवन उत्साहहीन, दिक्दार जीवन हुने छ। यसैले समय र औकात अनुसार मानिसले मनोरञ्जनमा धन खर्च गर्नु पनि धनको सदुपयोग गर्नु हो। धन प्राप्त गरेर निम्न श्रेणीको काम-काज र नराम्रा लत, अनावश्यक सञ्चय एवम् अश्लील मनोरञ्जन र विलासमा खर्च गरेर मनमौज गर्न खोज्नु धनको दुरुपयोग गर्नु हो। सस्तो मनमौजमा र विलासमा धन व्यय गर्ने लत बसेपछि मानिसहरू अत्याचार, लुटमार, चोरी-डकैती गरी धन उपार्जन गर्न अग्रसर हुन्छन्। यस्ता अवस्थामा धन मनुष्य जीवनमा वरदान नभई अभिशाप बन्न जान्छ। धन प्राप्त गरेपछि धनवानहरूले सोच्नु पर्छ, ईश्वरले धन दिएर उनीहरूलाई समाज, जाति र देशको सेवार्थ सुअवसर प्रदान गरेका हुन्। अतएव धनवानहरूले उदार हृदयले जनकल्याणका निम्ति धन खर्च गरेर धनको सदुपयोग गर्नु आवश्यक छ। धनको सदुपयोग गर्नाले हृदय स्वच्छ र शान्त बन्दछ। धनको सदुपयोगद्वारा आत्म-उन्नति र आत्मशान्ति हुन्छ अनि आत्म-गौरव बढ्दछ। यसैका आधारमा समाज, जाति र देश सुखी, उन्नतिशील र समृद्ध बन्दछ।

Q99Two answers accepted

‘सञ्चय’ शब्दको विपरीतार्थक कुन हो ?

  1. (1) व्ययCorrect answer
  2. (2) अपचयCorrect answer
  3. (3) विच्छिन्न
  4. (4) विसर्जन

Solution.

CBSE accepts (1) or (2)

उत्तर: (1) व्यय वा (2) अपचय

  1. ‘सञ्चय’ को अर्थ धन वा वस्तु जम्मा गरेर थुपार्दै राख्नु हो।
  2. (1) ‘व्यय’ भनेको जम्मा भएको धन खर्च गर्नु हो; गद्यांशमा पनि ‘सञ्चय’ र ‘धन व्यय’ उल्टो भावमा आएका छन्। त्यसैले यो सबैभन्दा सिधा विपरीतार्थक हो।
  3. (2) ‘अपचय’ को अर्थ घट्नु, ह्रास वा क्षय हो; जम्मा हुनुको उल्टो घट्नु पनि मानिन्छ, त्यसैले यो पनि स्वीकार्य छ।
  4. ‘विच्छिन्न’ (टुटेको) र ‘विसर्जन’ (त्याग्नु, बगाउनु) सञ्चयको विपरीत होइनन्।