By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 103

Topic: Poem comprehension

Passage

निम्नलिखित कविता पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (100 - 105) का उत्तर दिनु होस् -

घाम जस्ता बाबुहरू जुन जस्ता नानी
अँधेरीमा बत्ती बन पँधेरीमा पानी।
आज राम्रो पढ बाबा भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने देशै राम्रो हुन्छ।
संसार अझै ठुलो हुन्छ तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ तिमी चढेपछि।
स्वर्गभन्दा ठुलो हुन्छ आफ्नो मातृभूमि
बुझिराख सम्झिराख आजैदेखि तिमी।

Q103

कवितामा निहित भाव र प्रस्तुतिले यो कस्तो कविता हो भनी बुझिन्छ ?

  1. (1) प्रकृति-वर्णनपरक
  2. (2) उपदेशात्मकCorrect answer
  3. (3) धर्म-नीतिपरक
  4. (4) व्यङ्ग्यात्मक

Solution.

CBSE answer: (2)

उत्तर: (2) उपदेशात्मक

  1. कविताले ‘बत्ती बन’, ‘राम्रो पढ’, ‘बुझिराख सम्झिराख’ जस्ता आदेश र सल्लाह दिन्छ।
  2. नानीहरूलाई असल, परोपकारी र देशभक्त बन्न सिकाउनु यसको मूल भाव हो।

सावधान: घाम, जुन, हिमाल जस्ता प्राकृतिक शब्द उपमाका रूपमा मात्र आएका छन्, त्यसैले यो प्रकृति-वर्णनपरक कविता होइन।