By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 112

Topic: Teaching aids

Q112

विद्यार्थीहरूमा शब्द भण्डारको विकास गर्न शिक्षकले भाषाका त्यस्ता सामग्री प्रयोग गर्दै छन्, जुन सामग्रीले विद्यार्थीहरूका निम्ति अझ सहजीकरण गर्दछ अनि प्रामाणिक सामग्रीमा त्यो आधारित छ। त्यो सामग्री हो -

  1. (1) रोल-कार्ड्स
  2. (2) द्विभाषिक शब्दकोश
  3. (3) गुणस्तरीय पाठय पुस्तकहरूCorrect answer
  4. (4) समाचार पत्र

Solution.

CBSE answer: (3)

उत्तर: (3) गुणस्तरीय पाठय पुस्तकहरू

  1. प्रश्नले यस्तो सामग्री सोधेको छ जसको भाषा विद्यार्थीका लागि सजिलो बनाइएको छ तर आधार प्रामाणिक लेखन हो।
  2. विद्यार्थीको स्तर अनुसार भाषा मिलाइएका पठन पुस्तक यस्तै सामग्री हुन्; तिनले नयाँ शब्द सन्दर्भमै सिकाउँछन्।

सावधान: समाचार पत्र प्रामाणिक त हो, तर त्यसको भाषा विद्यार्थीका लागि सरल बनाइएको हुँदैन। रोल-कार्ड र द्विभाषिक शब्दकोश यस्ता पठन सामग्री होइनन्।