By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 125

Topic: Vocabulary

Passage

निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (121 - 128) का उत्तर दिनु होस्–
भारतेली कथा बेग्लै छ। एउटा बडो हठी जोगी धर्मा थियो। उसले डङ्का पिट्यो – म टयाक्कै नसुती सात वर्षसम्म बुद्धको तपस्या गर्ने छु। त्यसताकका मान्छेमा अमानवीय शक्ति त हुन्थ्यो नै, झन् धर्मा त ठहरियो अजिर जोगी। नभन्दै पाँच वर्षसम्म त धर्मालाई झ्वापझ्वाप्ती निद्राले छोप्न थालेछ। कतै निदाई पो हाल्छु कि भनी ऊ अतालिएछ र छेउछाउका पोथ्राहरू लाछलुछ पारी बुकाउन थालेछ। पोथ्राको पात धर्माले जति जति बुकाउँथ्यो उति उति उसको निद्रा पर पर भाग्दै गएछ र उसलाई पोष पनि लागेछ। यही पात बुकाएर धर्माले आफ्नो प्रण पुरा गऱ्यो। यही पात चियाको बुटाको थियो। जापानीहरूको कथा अझ यो भन्दा बेग्लै छ। यसरी धर्माले तपस्या गर्दा उसलाई निदाउने डर भयो। निदाई पो हाल्छु कि भनी उसले दुवै आँखाका गेडाहरू निकाली अफालेछ। प्रतापी धर्माका आँखा सित्तै खेर किन जान्थ्यो। आँखाका गेडा भुइँमा खस्नासाथ त्यहाँबाट दुईवटा पोथ्रा उम्रेर निस्के। यस कथाबाट के जानिन्छ भने, चिया खानेहरू पहिला एसियाली नै थिए। पूर्वी युरोपमा चिया खाने प्रथम व्यक्ति थियो ग्यामबातिस्ता रामोसिस। रामोसिसले चिया इ सं १५५९ मा पियो। बेलायतमा पहिलोपल्ट चिया पिउने व्यक्ति थियो स्यामुअल पेपिस। पेपिसले इ सं १६६० मा चिया पियो। अहिले चिया चलाउने देशमा मुख्य बेलायत नै छ।

Q125

‘डङ्का पिट्नु’ कुन किसिमको भाषिक उक्ति हो ?

  1. (1) तुक्का
  2. (2) वाग्धाराCorrect answer
  3. (3) प्रहेलिका
  4. (4) उखान

Solution.

CBSE answer: (2)

उत्तर: (2) वाग्धारा

  1. ‘डङ्का पिट्नु’ को शाब्दिक अर्थ नगरा बजाउनु हो, तर यहाँ यसको अर्थ सबैलाई सुनाउने गरी घोषणा गर्नु हो।
  2. शाब्दिक अर्थभन्दा फरक विशेष अर्थ दिने यस्तो पदावलीलाई वाग्धारा भनिन्छ।

सावधान: उखान आफैँमा पूरा वाक्य हुन्छ, ‘डङ्का पिट्नु’ क्रियासहितको पदावली मात्र हो; (1) ‘तुक्का’ वाग्धाराको नाम होइन।