By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 93

Topic: Reading comprehension

Passage

निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (91 - 99) का उत्तर दिनु होस् -

धन प्राप्त भयो भन्दैमा जतासुकै बेपर्वाहसित धन खर्च गर्नु पनि मूर्खता हो। बुद्धिपूर्वक धन खर्च गर्नु धनको सदुपयोग गर्नु हो। धन भएमा स्वास्थ्यलाई सुहाउँदो भोजन, शरीरलाई सुहाउँदो पहिरन अनि मस्तिष्कलाई सुहाउँदो ज्ञान प्राप्त गर्नमा धनको व्यय गर्नु धनको सदुपयोग गर्नु हो। हल्का, स्वस्थ मनोरञ्जनमा धन खर्च गर्नु पनि बेला मौकामा उत्तम हो। मनुष्यको जीवन परिश्रम हो। यो श्रममय जीवनमा बेला मौका मनोरञ्जनको स्थान रहेन भने जीवन उत्साहहीन, दिक्दार जीवन हुने छ। यसैले समय र औकात अनुसार मानिसले मनोरञ्जनमा धन खर्च गर्नु पनि धनको सदुपयोग गर्नु हो। धन प्राप्त गरेर निम्न श्रेणीको काम-काज र नराम्रा लत, अनावश्यक सञ्चय एवम् अश्लील मनोरञ्जन र विलासमा खर्च गरेर मनमौज गर्न खोज्नु धनको दुरुपयोग गर्नु हो। सस्तो मनमौजमा र विलासमा धन व्यय गर्ने लत बसेपछि मानिसहरू अत्याचार, लुटमार, चोरी-डकैती गरी धन उपार्जन गर्न अग्रसर हुन्छन्। यस्ता अवस्थामा धन मनुष्य जीवनमा वरदान नभई अभिशाप बन्न जान्छ। धन प्राप्त गरेपछि धनवानहरूले सोच्नु पर्छ, ईश्वरले धन दिएर उनीहरूलाई समाज, जाति र देशको सेवार्थ सुअवसर प्रदान गरेका हुन्। अतएव धनवानहरूले उदार हृदयले जनकल्याणका निम्ति धन खर्च गरेर धनको सदुपयोग गर्नु आवश्यक छ। धनको सदुपयोग गर्नाले हृदय स्वच्छ र शान्त बन्दछ। धनको सदुपयोगद्वारा आत्म-उन्नति र आत्मशान्ति हुन्छ अनि आत्म-गौरव बढ्दछ। यसैका आधारमा समाज, जाति र देश सुखी, उन्नतिशील र समृद्ध बन्दछ।

Q93

अशिष्ट मनोरञ्जन र विलासमा धन खर्च गर्ने लत बसेपछि मानिसमा कुन चरित्रको विकास हुन सक्छ ?

  1. (1) अनिद्रा र छट्पटी
  2. (2) अरूको निरादर गर्ने र दम्भी
  3. (3) आपराधिकCorrect answer
  4. (4) परहितकारी स्वभाव

Solution.

CBSE answer: (3)

उत्तर: (3) आपराधिक

  1. गद्यांश अनुसार सस्तो मनमौज र विलासमा धन खर्च गर्ने लत बसेपछि मानिस अत्याचार, लुटमार, चोरी-डकैती गरी धन कमाउन अग्रसर हुन्छ।
  2. यी सबै अपराधका काम हुन्, त्यसैले विकसित हुने चरित्र आपराधिक हो।

सावधान: अनिद्रा वा दम्भी स्वभावको कुरा गद्यांशमा छैन; परहितकारी स्वभाव त उल्टो गुण हो।