अनुच्छेदमा आत्मविश्वासलाई मानिसमा भएको कस्तो चरित्र मानिएको छ ?
- (1) उत्साहको मूल
- (2) सर्वश्रेष्ठ प्राप्ति
- (3) कर्तव्य भन्दा अधिकारप्रति सचेत
- (4) उत्साहमा सन्देहकारी
निम्नलिखित गद्यपाठ पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (129 - 135) का उत्तर दिनु होस्–
आत्मविश्वास भनेको अहङ्कार होइन। आफ्नो बुतालाई बढाएर चढाएर सोच्नु होइन, दुर्बलता सबैमा हुन्छ तर त्यही दुर्बलता गनेर बस्नु सर्वथा उचित होइन। तर म एकदमै महान् छु भनेर गजक्क फुलेर बस्ने मान्छे घमन्डी भ्यागुता जस्तो पड्किन्छ। आफ्नो शक्तिमा विश्वास राख्नु नै आत्मविश्वास हो। हातमा लिएको काममाथि जसले पुरा अधिकार राख्दछ र त्यो काम पुरा गर्छ भन्ने उसलाई जब विश्वास हुन्छ, ऊ सफलताको बाटोमा हिँडेको हुन्छ। सेचलिङ्ले खुबै राम्रो भनेका छन्, जसले यो कुरा जानेको हुन्छ कि ‘म के हुँ’ उसले शीघ्र नै जान्दछ ‘म के हुनु पर्छ’ भन्ने। मानिसका विचारमा आत्मसम्मान होस् र व्यवहारमा त्यो स्वयम् आउँदछ। दृढतासित वस्तुहरूमा आफ्नो अधिकार जनाउने व्यक्ति नै वास्तवमा त्यसको अधिकारी बन्दछ। कोसुथले लेखेका छन्, ‘नम्रता बुद्धिमत्ताको एउटा अङ्ग हो र मानिसको शोभा हो। तर साथै आफ्नो आत्मविश्वास घटाउनु हुँदैन, त्यो मानिसको सर्वश्रेष्ठ गुण हो।’ कुनै काम गर्न अघि नै हामीलाई सन्देह भयो भने हाम्रो उत्साह भत्किन्छ। आत्मविश्वास नै सब प्रकारका उत्साहको मूल हो। जसले आफ्नो बुता र शक्तिमा विश्वास गर्दैन त्यस्तो लम्फुले संसारमा कहिल्यै सफलता पाउँदैन।
अनुच्छेदमा आत्मविश्वासलाई मानिसमा भएको कस्तो चरित्र मानिएको छ ?
CBSE answer: (1)
उत्तर: (1) उत्साहको मूल
सावधान: कोसुथले आत्मविश्वासलाई ‘सर्वश्रेष्ठ गुण’ भनेकाले (2) ‘सर्वश्रेष्ठ प्राप्ति’ लोभलाग्दो देखिन्छ, तर गुण र प्राप्ति एउटै कुरा होइनन्।